

कपिलवस्तुका मतदातालाई यसपटक ‘लौरो’ रोज्न ई. शर्माको आग्रह





कपिलवस्तु । कपिलवस्तुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा लौरो अभियान अन्र्तगत हाम्रो नेपाली पार्टीबाट उम्मेद्धार बनेका इन्जिनियर देबेन्द्र कुमार शर्माले कपिलवस्तुका मतदातालाई यसपटक लौरो रोज्न आग्रह गरेका छन् । मतदाता भेटघाटका क्रममा उनले प्राय सबैजसो मतदातालाई यसपटक लौरो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका हुन । उनको लौरो अभियान नै कपिलवस्तु १ मा सक्रिय बनेको छ ।
यसैबिच कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट लौरो अभियानका उम्मेदवर देवेन्द्र कुमार शर्माले क्षेत्र नम्बर १ का विभिन्न गाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । काँधमा नेपालको झण्डा बोकेर हातमा लौरो टेक्दै जनताको घर घरमा पुगेका शर्माले कपिलवस्तुको उत्तर र दक्षिणी भेगका प्राय सबैजसो क्षेत्रमा आफू पुगिरहेको बताउँछन् । जनता उत्साहित छन्, उनले भने यस पटक मतदान गर्दा जनताले मन बदल्ने छन् । जिल्लाको विकासका लागि आफूसँग सम्भावनाका सूचकहरु धेरै रहेको दाबी गर्ने उनले जिल्लाको विकास गर्न आफू उम्मेद्धार बनेको बताए । आफू निर्वाचित भएपछि कपिलवस्तुका जनताले दिएको मतको सम्मान सहित कसैलाई पनि मतदान गरेकोमा निराश नपार्ने उनको स्पष्टोक्ति छ ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम अन्तर्गत सोमबार पचेराका विभिन्न गाउँहरुमा रहेका शर्माले मुख्य राजनैतिक दल, तिनका नेता कार्यक्रता बाट जिल्लाको विकास नहुने देखेपछी जिल्लामा आफु र देशभर अन्य युवाहरु नयाँ जोस जाँगर र प्रभावकारी एजेण्डा सहित चुनावी मैदानमा होमिएको बताए ।
जिल्लाका जनप्रतिनिधिहरुले कृषि, पशु, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा ध्यान दिएको भए कपिलवस्तुका जनता र सिङ्गो जिल्ला अहिले देशमै नमुना जिल्ला बन्ने बताउँदै जिल्लावासीका यस्ता चाहान पुरा गर्न आफुले उम्मेद्वारी दिएको बताए ।
पेशाले इन्जिनियर समेत रहेका शर्मा अहिले प्रतिनिधिसभाको लागी चुनावी मैदानमा उत्रिनुलाई निक्कै अर्थपुर्ण रहेको पनि यस क्षेत्रका जानकारहरु बताउने गर्दछन ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया