
अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

काठमाण्डौँ
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश बिन्दुका लागि भारतसँग आग्रह गरिएको भए पनि अझै भारतले सहमति दिएको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु ९लिमा ६२६० नै उपयुक्त हुने हवाई विज्ञले बताएका छन् ।
अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा ९गल्फ ५९८० प्रवेश बिन्दु प्रयोग गरिरहेका छन् । यो प्रवेश बिन्दुबाट काठमाडौँ र प्रस्तावित निजगढ विमानस्थललाई पनि उपयुक्त हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भने सिमरा प्रवेश बिन्दु त्यति उपयुक्त मानिँदैन ।
महेन्द्रनगर प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज हुने विमानस्थलमा महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । यो समाचारगोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया