

टेस्टेड नेताहरुलाई यसपटक बिदाइ गर्नुपर्छ : रायमाझी



कपिलवस्तु । राप्रपा केन्द्रीय सदस्य तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा पदका उम्मेद्धार धुव्रबहादुर रायमाझीले यसपटकको निर्वाचनबाट मतदाताले टेस्टेड उम्मेद्धार र नेतालाई बिदाइ गर्नुपर्ने बताउनुभएको छ । उहाँले नयाँ अनुहारलाई बिजयी बनाउने अवसरबाट मतदाता पछि हटे देश ठुलो दलदलमा फस्ने पनि स्पष्ट पार्नुभएको छ ।
जिल्लाको प्रतिनिधिसभा १ को प्रदेशसभा ख को लागी लबनि चोकमा निर्वाचन परिचालन कार्यलयको उद्घाटन गर्दै उहाँले फरक फरक विचार र सिद्धान्त भएका पार्टीद्धारा गठबन्धन गर्नुले सत्तामा पुग्ने दाउखोजिरहेको बुझ्न सकिने बताउनु भयो ।
प्रदेश सभा ख निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र किरण श्रीवास्तवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा ख का उम्मेद्वार रोशन शाह, निर्वाचन क्षेत्र नम्बर १ प्रचार प्रसार संयोजक भिम साही, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, राजेन्द्र विक्रम साह, सुर्या कुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेशसभा (ख) का उम्मेद्वार रोशन शाहले आफ्नो क्षेत्रका नागरीक मात्र नभएर कपिलवस्तु र सिङ्गो देशका नागरिक अरु दलबाट दिक्क भएको बताउँदै अहिले देशैभरि बाट राप्रपाका उम्मेद्वार विजयि हुने दाबी गर्नुभयो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३४ जना राप्रपाम प्रवेश समेत गरेका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया