

बुटवलमा गरियो निर्वाचनको नमुना मतदान अभ्यास



बुटवल। नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ । बुटवल १५ दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई आफ्नो मताधिकारको सहज प्रयोग, अपांगतमैत्री संरचना र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी सहित नमुना मतदान गरिएको नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले बताउनुभयो ।
नमुना मतदान कार्यक्रममा ह्लिचियर प्रयोगकर्ता, दृष्टिविहिन, शारिरीक अपांगता, बहुअपांगता, न्यून दृष्टिविहिन लगायत अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वाचन आयोग द्धारा उपलब्ध गराइएको नमुना मतपत्रको प्रयोग गरी निर्वाचन अधिकृत, पर्यबेक्षक , प्रतिनिधी लगायतको व्यवस्था गरी नमुना मतदान गरिएको थियो ।
उक्त नमुना मतदान कार्यमा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको पहुंच परियोजनाका रुपन्देही जिल्ला अधिकृत लक्ष्मी पाण्डेले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया