

तपाईं सगँ ड्रोन छ, सावधान ! तपाईं कारबाही मा पर्न सक्नुहुन्छ



काठमाडौं अब कुनै पनि ड्रोन उडाउन सरकारबाट अनुमति लिनुपर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले अनुमति नलिई ड्रोन उडाउने व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।
अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै दुई केजीभन्दा माथि तौल भएका ड्रोन उडाउन प्रयोगकर्ताले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“मानवरहित हवाई उपकरण (Remotely Piloted Aircraft (RPA) Known as ‘Drone’) उडान कार्यविधि २०७५” मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यदि उल्लेखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारबाही हुने भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको जानकारी आएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया