रुपन्देहीको एउटै निर्वाचन क्षेत्रबाट बाबुछोराको उम्मेद्धारी दर्ता

रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा एकै परिवारका बाबु छोराले आगमी निर्वाचनका लागि मनोनयन दर्ता गराएको पाइएको छ । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएको पाइएको हो ।

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ । यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको छ भने १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको छ ।

यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

खबर सबै