अर्घाखाँचीमा खोलाले बगाएका बालक अझै बेपत्ता

अर्घाखाँची ।  बुधवार खोलाले बगाएका एक जना बालक अझै बेपत्ता छन् । सन्धिखर्क-७, किटेनीका १० वर्षीय बालक समिर पौडेललाई मामाघर जाने क्रममा स्थानिय फर्ज्याङ खोलाले बगाएको थियो। बुधवार देखि बेपत्ता भएका बालककाे खोजिकार्य  जारी छ  । तर, पनि  फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली परिचालन गरेर खोजी गरेपनि बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।

लगातारको अविरल वर्षाको कारण जोखिम बढेपछि अत्यावश्यक काममा बाहेक हिँडडुल तथा यात्रा नगर्न जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध समेत गरेको छ। गएरातिदेखि भने  वर्षा राेकिएकाे छ।

प्रतिक्रिया

खबर सबै