

गुल्मीका शक्ति पीठमा भक्तजनको घुइँचो



गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अवसरमा गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो । पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो । तर, यसवर्षको वडादशैंमा कोरोना महामारीको असर कम भएकोले मन्दिर तथा शक्ति पीठहरुमा भक्तजनको बाक्लो उपस्थिति भएको छ ।
नवमीको अवसरमा गुल्मीस्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दिर, तम्घास मन्दिरलगायतका ठाउँका अन्य मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लागेको छ ।यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता छ । महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बलि दिएर मनको आकांक्ष पूरा हुने विश्वासमा बली दिने गर्दछन् ।
कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफूले मनले आटेका चिताएको कुरा पूरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।
परिवारको खुसशान्तीको कामनामा बलि दिने गर्दछन् । गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा बलि दिनेहरु मन्दिर पुगेका थिए ।
काम विशेषले शहर र रोजगारिको लागि विदेशिएकाहरु दशैंका लागि गाउँ र्फकने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल बढेको छ ।
वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गदछ ।
हिन्दूहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने विजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाइन्छ ।
दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैंको टीकाको दिनदेखि पूणिर्मासम्म सराय नाच देखाउने गरिन्छ ।
तरबार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।
गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्ऽकोटलगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ ।
पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया