

गुल्मीका शक्ति पीठमा भक्तजनको घुइँचो



गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अवसरमा गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो । पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो । तर, यसवर्षको वडादशैंमा कोरोना महामारीको असर कम भएकोले मन्दिर तथा शक्ति पीठहरुमा भक्तजनको बाक्लो उपस्थिति भएको छ ।
नवमीको अवसरमा गुल्मीस्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दिर, तम्घास मन्दिरलगायतका ठाउँका अन्य मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लागेको छ ।यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता छ । महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बलि दिएर मनको आकांक्ष पूरा हुने विश्वासमा बली दिने गर्दछन् ।
कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफूले मनले आटेका चिताएको कुरा पूरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।
परिवारको खुसशान्तीको कामनामा बलि दिने गर्दछन् । गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा बलि दिनेहरु मन्दिर पुगेका थिए ।
काम विशेषले शहर र रोजगारिको लागि विदेशिएकाहरु दशैंका लागि गाउँ र्फकने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल बढेको छ ।
वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गदछ ।
हिन्दूहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने विजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाइन्छ ।
दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैंको टीकाको दिनदेखि पूणिर्मासम्म सराय नाच देखाउने गरिन्छ ।
तरबार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।
गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्ऽकोटलगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ ।
पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया