

लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता कायम, कहाँ कति ?





राजेन्द्र खनाल, कपिलवस्तु । आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतदाता विवरण र मतदान केन्द्रहरु निर्धारण गरि पठाएको छ । जस अन्र्तगत लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने भएका छन् ।
प्रदेशका १२ जिल्लाका कुल ३२ लाख ४९ हजार ६ सय ३७ मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यस मध्ये जिल्लागत रुपमा हेर्दा सबैभन्दा धेरै रुपन्देहीमा छन भने सबैभन्दा कम रुकुम पुर्वमा रहेका छन् ।
प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताउनुभयो ।
प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन् । जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।
सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची मा संघतर्फ एक÷एक वटा निर्वाचन क्षेत्र छन् भने प्रदेशतर्फ दुई÷दुई वटा रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशभर कुल मतदानस्थल १६४९ र मतदान केन्द्र ३८६१ रहेको सूचना अधिकारी कुवँरले बताए ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
कपिलवस्तु
१ (क) ७९४५३
१ (ख) ६१५६०
२ (क) ६४५१७
२ (ख) ५७१५९
३ (क) ६१०५८
३ (ख) ५४४८५
गुल्मी
१ (क) ५७५७९
१ (ख) ६१७०९
२ (क) ५१९०४
२(ख) ५२४२३
पाल्पा
१ (क) ४९२५१
१(ख) ४६७८२
२ (क) ५६१२०
२ (ख) ४९१७३
अर्घाखाँची
१ (क) ७८२८६
१ (ख) ८६४८२
रुपन्देही
१ (क) ७२२११
१ (ख) ६७३४९
२ (क) ६३५०३
२ (ख) ६३३०४
३ (क) ६५५१३
३ (ख) ६७२७८
४ (क) ५३३८९
४ (ख) ५७२७०
५ (क) ७४६५९
५ (ख) ५४४७६
रुकुम पूर्व
१ (क) १७७७७
१ (ख) १६३३५
रोल्पा
१ (क) ६८१६४
१ (ख) ७७३०७
प्युठान
१ (क) ७४६६३
१ (ख) ८५०९७
दाङ
१ (क) ७०२६७
१ (ख) ६४४६६
२ (क) ६३३२२
२ (ख) ७०४२६
३ (क) ६६४८६
३ (ख) ७९९८९
कुल ४१४८५६
बाँके
१ (क) ५५८४५
१ (ख) ६५२५५
२ (क) ५०३१३
२ (ख) ४७४९६
३ (क) ६१५९६
३ (ख) ५१७२६
बर्दिया
१ (क) ८१९१९
१ (ख) ८०७४३
२ (क) ८१६६१
२ (ख) ७०९६१
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१ (क) ६५११६
१ (ख) ५३१३४
२ (क) ६६५०२
२ (ख) ५६१७८


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया