

खस्कन थाल्यो अलैँचीको निर्यात



नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७२ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । ‘कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, गत आर्थिक वर्षमा साढे ३१ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आवको पहिलो महिनामा पनि सुधार हुन सकेन । यो आवको पहिलो महिनामै निकासीमा ३५.८९ प्रतिशतले ह्रास आएको छ । केन्द्रका अनुसार अघिल्लो साउनमा ३५ करोड ६५ लाख रुपैयाँको निकासी रहेकोमा चालू आवको साउनमा भने यो निकासी २२ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। परिमाणका हिसाबले अलैँची निकासी झनै घटेको देखिन्छ। आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया