

एमाले बाणगंगा ८ वडा कमिटीद्धारा शोक सभा



हरि आचार्य, कपिलवस्तु । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारीकी ममतामयी माताको निधनको स्मृतिमा शोक सभा सम्पन्न भएको छ ।
नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भण्डारीकी माता दिवंगत गंगा देवी भण्डारीको निधनको स्मृतिमा उहाँकै निवासमा शोक सभा गरि उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको हो । दिवंगत भण्डारीको भदौ ११ गते निधन भएको थियो आज नवौं दिनको स्मृतिमा शोक सभा गरिएको हो ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरेले दिवंगत आमा भण्डारीको निधनले पार्टी परिवार स्तब्ध भएको भन्दै उहाँले पु¥याएको योगदानको पार्टीले सदैव उच्च कदर गर्ने बताउनुभयो । उहाँले दिवंगत भण्डारी प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्नुभयो ।
नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ८ वडा कमिटी अध्यक्ष गीता भुसालको अध्यक्षता, पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज बिमला घिमिरेको प्रमुख आतिथ्यता, पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरधारीलाल न्यौपाने, पार्टीका जिल्ला ईन्चार्ज बलराम अधिकारी, पार्टीका केन्द्रिय सदस्य तथा पेशागत संगठन ईन्चार्ज बाबुराम थापा, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, पार्टी प्रदेश कमिटी तथा जिल्ला कमिटी सदस्यहरु, वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्याल, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतम लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा शोक सभा सम्पन्न भएको पार्टी जिल्ला सचिवालय सदस्य तथा वडा ईन्चार्ज टुकलाल गैरेले जानकारी दिनुभयो ।
वडा कमिटी सचिव दिपक सापकोटाको सञ्चालनमा शोक सभा सम्पन्न भएको हो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया