

चार महिनापछि फोहोरको व्यवस्थापन सम्पन्न



काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो।
उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ। फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन्।” भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच भएको चारबुँदे सहमतिपछि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।
काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहका सचिवालय सदस्य सुनिल लम्सालले थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएसँगै समयमा फोहोर व्यवस्थापन नगर्ने कम्पनी र सडक, चोक र गल्लीमा फोहोर फ्याँक्ने घरधनीलाई कारबाही गरिने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई २५ हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गरिने बताउनुभयो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया