

लौरो अभियानबाट ‘रुपन्देहीका भिष्म रानासहित को–को बने स्वतन्त्र उम्मेदवार ?



काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ ले आफ्ना स्वतन्त्र उम्मेदवारहरुको नाम घोषणा गरेको छ । बिहीबार ललितपुरमा घोषणा कार्यक्रम आयोजना गरेर विभिन्न क्षेत्रका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट ‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक अर्थात् सिते बा पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।
पाठकसँगै लौरो अभियानका संयोजक सुमन सायमि काठमाडौं –८ बाट निर्वाचन लड्दैछन् भने काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा भएको छ ।
यसैगरी लौरो अभियानले भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवार बनाएको छ । सबै उम्मेदवारले एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने भनिएको छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया