

पाल्पा क्षेत्र नं. २ मा नेकपा एसबाट सोमप्रसाद पाण्डेको नाम सिफारिस



पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) पाल्पाले क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सोमप्रसाद पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो ।
उनलाई उम्मेदवारका लागि सिफारिस गरिएको जिल्ला कमिटी सदस्य एवं पाटी प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए । पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं।२ को प्रतिनिधिसभा सदस्य छन् । सिफारिसमा परेका पाण्डे नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
पाण्डे २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट विजयी भएका थिए । उनी पाल्पा क्षेत्र नंं २ को ५ दलीय गठबन्धनमा बलियो उम्मेदवार हुन् । समाजवादी पार्टीले पाण्डेलाई सिफारिस गरेपनि ५ दलीय गठबन्धनमा भने सहमति हुन बाँकी रहेको छ ।
पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले पनि दावी गर्दै आएको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको दावी गर्दै नेपाली कांग्रेस पाल्पाको टोलीले पाटी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरिसकेको छ ।
यसैगरी एकीकृत समाजवादीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ महिला अल्पसंख्यकमा रमा घर्तीमगर, दलितमा बलबहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया