
ट्वीटरमा पोडकास्ट फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । ट्वीटरले औपचारिक रुपमा आफ्नो प्लेटफर्ममा पोडकास्ट सेवा सुरु गरेको छ ।
एक ब्लग पाेस्ट लेख्दै कम्पनीले बिहीबारदेखि पोडकास्टको औपचारिक सुरुवात भएको जानकारी गराएको छ ।
योसँगै अब ट्वीटर प्रयोगकर्ताले ‘ट्वीटर स्पेस’ मा आफ्नो छुट्टै पोडकास्ट सार्वजनिक गर्न सक्नेछन् । स्पेस ट्याब अन्तर्गत थप गरिएको पोडकास्ट विश्वभरका प्रयोगकर्ताले आईओएस र एन्ड्रोइड मार्फत प्रयोग गर्न सक्नेछन् । थप गरिएको पोडकास्ट फिचरलाई ‘स्टेसन्स’ नाम दिइएको छ ।
यसमा प्रयोगकर्ताले आफ्नो रुचिअनुसार समाचार, संगीत, खेलकुद लगायतका विभिन्न शीर्षकमा पोडकास्ट सुन्न सक्नेछन् ।
प्रयोगकर्ताले फलो गरेको प्रयोगकर्ताको सामग्री मात्र देख्न र सुन्न सक्नेछन् । यो सँगै प्रयोगकर्ताले आफूले सुन्न चाहेको लाइभ वा रेकर्ड गरिएको सामग्री मात्र सुन्न पनि सक्नेछन् ।
कम्पनीले गरेको एक अध्ययनमा अमेरिकामा ट्वीटरका ४५ प्रतिशत प्रयोगकर्ताले पोडकास्ट पनि सुन्ने गरेको पाइएकोले, आफ्ना प्रयोगकर्ताका लागि पोडकास्ट सेवा दिइएको ब्लगमा उल्लेख छ ।
कसरी प्रयोग गर्ने पोडकास्ट ?
– ट्वीटरको स्पेस अप्सनमा जानुहोस् ।
– त्यहाँ उपलब्ध तीनवटा अप्सन मध्ये सबैभन्दा माथि नै स्टेशन नामको ट्याब देख्न सकिन्छ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।
– उपलब्ध विभिन्न शीर्षक मध्ये आफूलाई रुचि भएको शीर्षकमा क्लिक गर्नुहोस् र पोडकास्ट सुन्नुहोस् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया