

मोहर्रम पर्वको उर्स कार्यक्रममा सहभागी हुन सबै समुदायलाई सदस्य मिर्जाको आग्रह



कृष्णनगर । मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा आयोजन हुने उर्स कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
कृष्णनगर नगरपालिका वडा नं ३ को लक्ष्मीनगरमा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकियाको परिसर भित्र आगामी शुक्रवार बाबा ए मिल्लतको उर्स कार्यक्रममा विशेष कार्यक्रम आयोजना गरिंदैछ । सो कार्यक्रममा सहभागी हुन उनले आग्र गरेका हुन ।
सदस्य बेगले उक्त कार्यक्रममा सहभागि भएर श्रद्धा बढाइदिन सबै धर्म र जात जातीका समुदायलाई आग्रह गरेका छन् । “यो मुस्लिम समुदायका व्यक्तिको मात्र खुसियाली होइन”, उनले भने, “जातीय र धार्मिक सद्भाव कायम गराउन उहा“को भूमिका भएकाले यो उर्स कार्यक्रममा सबै समुदायका व्यक्तिहरुलाई सहभागी भइदिन म आग्रह गर्दछु ।”
प्रत्येक बर्षको हिजरी सम्बत्को मोहर्रम महिनाको २० तारिखका दिन उनको स्मरणमा “उर्स कार्यक्रम” मनाउने गरिन्छ । ३९ औं स्मरण दिवसमा बेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, मुस्लिम आयोगका अध्यक्ष समिम मिया“ अन्सारी, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, भौतिक पूर्वाधामन्त्री सहसराम यादव र पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाललगायतलाई आमन्त्रण गरिएको छ ।
उर्स कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतलगायत कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुलाईसमेत आमन्त्रण गरिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया