

आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड



काठमाण्डाै
आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।
आज काठमाण्डौको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचाे लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अहिले काठमाण्डौको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको पनि घुइँचो छ ।
अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया