

बिहारको मुख्यमन्त्रीमा नीतीश कुमारद्वारा आठौँ पटक शपथ

एजेन्सी । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नीतीश कुमारले पटना राजभवनमा आज बुधवार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो ।
भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्त भएको भोलिपल्ट उहाँ पुनः मुख्यमन्त्रीमा पदासिन हुनुभएको छ । सात दलीय महागठबन्धनको हिजोको बैठकले उहाँलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो । तेजस्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उहाँ फेरि सत्तामा पुग्नुभएको हो ।
राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिनुभयो । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित हुनुहुन्थ्यो ।
जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जित्न माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।
बिहार राज्य विधान सभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नीतीश कुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया