कपिलवस्तुका थारु समुदायले मनाए गुडिया पर्व

कपिलवस्तु । थारु समुदायमा पनि आजको दिनलाई विशेष दिनका रुपमा लिएर नाग पञ्चमी पर्व मनाउने चलन रहेको छ । जसलाई थारु भाषामा गुडिया पर्व भन्ने गरिन्छ । यसै पर्वका अवसरमा कपिवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ का थारु समुदायले आज गुडिया पर्व मनाएका छन् ।

यस पर्वमा यो समुदायका मानिसहरुले बिहानै नुहाएर गाइको गोबरलाई सर्प जस्तै बनाई आफ्नो मुल घरको वरीपरि लगाउने गर्दछन् । यस्तै घरको भित्तामा हात्ति, सर्प, घोडाको आकृती बनाउने चलन छ । घरमुलिले आफ्ना कुल देवताको पूजा गरी धानको लावा, भिजेको मटर, गाइको दुध चढाएर पूज गर्ने चलन रहेको कोपिला थारुले बताउनुभयो ।

यस्तै यसै पर्वका अवसरमा थारु समुदायमा घरका कन्या किशोरीहरुले कपडाको गुडिया बनाइ प्रसाद खुवाउने गर्दछन् भने साँझ पख सोही गुडियालाई टपरीमा राखि नजिकैको जलाशयमा पु¥याउँछन् । यस्तै छोरा मान्छेले जलाशयमा लगिएको गुडिया सहितको टपरिलाई सर्र्प आकारको लट्टीले (सोठाँ) पिट्ने गर्दछन् । त्यसपछि आफुले बनाएको प्रसादको रुपमा लावा र घुघरी बाडेँर खाने चलन छ । थारु समुदायमा आजको यो पर्वलाई विशेष गरी कर्कलाको पात (गाभा)बाट बनाइएको खँरिया र मटरको परिकार घुघरी विशेष मानिन्छ ।

नेपाली परम्परामा विभिन्न जात जातीहरुका आ आफ्नै मौलिक परम्परा रहेअनुसार नाग पञ्चमी मनाइएको हो । कपिलवस्तु जिल्ला थारु समुदाय बाहुल्य जिल्ला भएका कारण पनि यहाँ थारु समुदायका मौलिक पर्वहरुको विशेष महत्व रहेको पाइन्छ ।

प्रतिक्रिया

खबर सबै