कपिलवस्तु सहित देशका सबै निर्वाचन क्षेत्रमा राप्रपाको बिरोध

कपिलवस्तु । कपिलवस्तु सहित देशभरका संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार बिरोध, प्रर्दशन तथा कोण सभा गरेको छ ।
महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी गराई कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ स्थित बाणग्ांगा नगरपालिका वडा नम्बर ११ ओदारीमा कोणसभा गरेको राप्रपा कपिलवस्तुले जनाएको छ ।

सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी गर्ने पार्टीका क्षेत्रीय अध्यक्ष प्रकाश भुषालले चेतावनी दिएका छन्।

काठमाडौँलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो।

राप्रपाको केन्द्रीय समितिको पछिल्लो बैठकले साउन महिनामा राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

खबर सबै