

सरिता गिरी सद्भावना पार्टीमा फर्किइन्



काठमाडौं । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् ।
आज शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् । उनले भनिन्–‘म आज सदस्यको रूपमा उपस्थिति भएको छु । मैले सद्भावना पार्टी कहिल्यै पनि परित्याग गरेको थिइनँ । यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो । उहाँकै योगदानको कारण आज मुलुकमा सङ्घीयता आएको हो । मैले आपराधिक तत्त्वबाट पार्टी जोगाएको थिएँ । पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन । अहिले युवाहरू हुनुहुन्छ । तपाईँहरूले पार्टीलाई अघि बढाउनुभएको छ। म खुसी छु ।’
गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले भनिन्,‘जबसम्म नेपाल, मधेस र सङ्घीयता भन्ने यी तीन चिज रहन्छ, तबसम्म यो पार्टीको अस्तित्व रहनेछ । यो २०४७ सालमा स्थापना भएको सङ्घीयतावादी र मधेसवादी पार्टी हो । मैले जहाँबाट व्यवहारिक राजनीतिको क, ख, ग सिकेको थिएँ, म गजेन्द्रबाबुराको शिष्य हुँ । म पुनः यस घरमा आएँ । म ईश्वरप्रति आभारी छु ।’
कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरू सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा नेता गिरीलाई सदस्यता नवीकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया