

दाङका झनक बस्नेतले थाले काठ्माडौ सम्मको खाली खुट्टा पैदल यात्रा



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका युवा झनक बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा पैदल यात्रा सुरू गरेका छन्।
तुलसीपुर–११ जस्पुरका युवा बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन्।
बस्नेतलाई जिल्लाको बबई गाउँपालिका वडा नं. ३ को पतेरी चोकमा स्थानीयले साढे ८ बजेतिर स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए।
त्यसअवसरमा उनलाई खादा माला र अबिर लगाई शुभ साइत मानिने दही खुवाइएको नेपाली कांग्रेस बबई–३ का सभापति प्रेम नागबागले जानकारी दिए।
स्वर्गीय नेता खुमबहादुरको नाममा यात्रा समर्पित यात्रामा निस्कनु भन्दा पहिले उनले कांग्रेस स्वर्गीय नेता खुमबहादुर खड्काको नाममा यात्रा सर्मपित भएको उल्लेख गरे।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको स्ट्याटसमा ‘जनचाहना विपरित अन्तराष्ट्रिय दलालहरूको आडमा पैसा खाएर धर्मनिरपेक्षता र संघीयता लादेर देशमा विपद निम्त्याएको’ उल्लेख गरेका छन्।
विद्यमान विपददेखि मुक्त पाउनका लागि खड्काले हिन्दु महाअभियान चलाएको हुँदा त्यसलाई समर्थन गर्दै आफूले खाली खुट्टा दाङ–काठमाडौं पैदल यात्राको थालनी गरेको बस्नेतले बताएका छन्। उनले धर्मनिरपेक्षता र संघीयता हटाउनु पर्ने माग पनि गरेका छन्।
खड्काको त्यही विचारलाई आत्मसाथ गर्दै शिव भगवानलाई साँक्षी राखेर पहिला दाङदेखि काठमाडौं र पछि देशभर खाली खुट्टा पैदल यात्रा गर्ने बस्नेतले जानकारी दिएका छन्।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया