

कपिलवस्तुमा पनि २०९ औं भानुजयन्ती मनाइयो



राधा पाण्डे, कपिलवस्तु । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती आज बुधबार कपिलवस्तु सहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली साहित्यको समकालीन साहित्य धाराका सरल र सरस ढङ्गमा नेपाली भाषामा कविता लेखेकै कारण भानुभक्त लोकप्रिय कवि बन्न पुगे । उनै आदिकविको जन्मजयन्तिको अवसरमा कपिलवस्तुकको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड कपिलधाम स्थित सहित्य चौतारीमा भानुभक्तको सालिकमा माल्यार्पण तथा रचना वाचन कार्यक्रम गरि जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा वाणगङगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानलाइ कसैले पनि भुल्न नहुने बताउनुभयो । उहाँले मोतीरामले भानुभक्तको ‘रामायण’लाई प्रकाशनमा ल्याउने काम गरेको उल्लेख गर्दै उनको जीवनी लेखेर प्रशंसाको पुल बाँधीदिएर आदिकविको दर्जा दिएको स्पष्ट पार्नु भयो ।
यस्तै कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले अँध्योरामा जुनकिरीको महत्त्व भए जस्तै नेपाली साहित्यमा भानुभक्त अँध्यारोका जुनकिरी भएको बताउनुभयो। भानुभक्तको ख्यातिलाई उचाइमा पु¥याउन मोतीराम भट्टले दिएको योगदानलाई दृष्टान्त दिदै कपिलवस्तु, रुपन्देही लगायत नेपालका विभिन्न स्थानबाट साहित्यकारहरुले आ आफ्नो योगदान नेपाली साहित्यमा दिनुपर्ने भनाइ ब्यक्त गर्नुभयो । कपिलधाम क्षेत्रलाई साहित्यिक चौतारी बनाउन आफुले कुनै कसर बाकी नराख्ने पनि बताउनु भयो ।
यता कार्यक्रममा दुर्गा प्रसाद अधिकारिले भानुभक्तको रामायणको महत्व भजनबाट प्रष्ट पार्नुभएको थियो र सबैलाई छमछम नचाउनु भएको थियो । कार्यक्रममा पवन अधिकारी, राधा पाण्डे, दया अधिकारी लगायत दर्जन बढि साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
पतंजली योग समिती कपिलवस्तुको आयोजनामा सम्पन्न भएको कार्यक्रममा योग समिती कपिलवस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवालिको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शंकर प्रसाद आचार्यको स्वागत मन्तव्य रहेको थियो । यस्तै वरिष्ठ साहित्यकार तथा छन्दवादी समाजका संस्थापक अध्यक्ष ऋषि केशव भारद्वाज,महिला पतंजली योग समितिका अध्यक्ष इसा जिसि, स्वर्गद्वारी आश्रमका प्राचार्य चुरामणी पोखरेल, हरिराज घिमिरे, साहित्यकारहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, साजसेवी, बुद्धिजीवीको सहभागिता रहेको कार्यक्रम बाबुराम भण्डारीको संचालनमा सप्पन्न भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया