

कपिलवस्तुमा पनि २०९ औं भानुजयन्ती मनाइयो



राधा पाण्डे, कपिलवस्तु । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती आज बुधबार कपिलवस्तु सहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली साहित्यको समकालीन साहित्य धाराका सरल र सरस ढङ्गमा नेपाली भाषामा कविता लेखेकै कारण भानुभक्त लोकप्रिय कवि बन्न पुगे । उनै आदिकविको जन्मजयन्तिको अवसरमा कपिलवस्तुकको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड कपिलधाम स्थित सहित्य चौतारीमा भानुभक्तको सालिकमा माल्यार्पण तथा रचना वाचन कार्यक्रम गरि जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा वाणगङगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानलाइ कसैले पनि भुल्न नहुने बताउनुभयो । उहाँले मोतीरामले भानुभक्तको ‘रामायण’लाई प्रकाशनमा ल्याउने काम गरेको उल्लेख गर्दै उनको जीवनी लेखेर प्रशंसाको पुल बाँधीदिएर आदिकविको दर्जा दिएको स्पष्ट पार्नु भयो ।
यस्तै कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले अँध्योरामा जुनकिरीको महत्त्व भए जस्तै नेपाली साहित्यमा भानुभक्त अँध्यारोका जुनकिरी भएको बताउनुभयो। भानुभक्तको ख्यातिलाई उचाइमा पु¥याउन मोतीराम भट्टले दिएको योगदानलाई दृष्टान्त दिदै कपिलवस्तु, रुपन्देही लगायत नेपालका विभिन्न स्थानबाट साहित्यकारहरुले आ आफ्नो योगदान नेपाली साहित्यमा दिनुपर्ने भनाइ ब्यक्त गर्नुभयो । कपिलधाम क्षेत्रलाई साहित्यिक चौतारी बनाउन आफुले कुनै कसर बाकी नराख्ने पनि बताउनु भयो ।
यता कार्यक्रममा दुर्गा प्रसाद अधिकारिले भानुभक्तको रामायणको महत्व भजनबाट प्रष्ट पार्नुभएको थियो र सबैलाई छमछम नचाउनु भएको थियो । कार्यक्रममा पवन अधिकारी, राधा पाण्डे, दया अधिकारी लगायत दर्जन बढि साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
पतंजली योग समिती कपिलवस्तुको आयोजनामा सम्पन्न भएको कार्यक्रममा योग समिती कपिलवस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवालिको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शंकर प्रसाद आचार्यको स्वागत मन्तव्य रहेको थियो । यस्तै वरिष्ठ साहित्यकार तथा छन्दवादी समाजका संस्थापक अध्यक्ष ऋषि केशव भारद्वाज,महिला पतंजली योग समितिका अध्यक्ष इसा जिसि, स्वर्गद्वारी आश्रमका प्राचार्य चुरामणी पोखरेल, हरिराज घिमिरे, साहित्यकारहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, साजसेवी, बुद्धिजीवीको सहभागिता रहेको कार्यक्रम बाबुराम भण्डारीको संचालनमा सप्पन्न भएको थियो ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया