

रोल्पामा होस्टलको कोटामा एक युवती मृत फेला



दाङ । रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छन्।
रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन्।
तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार युवती मृत फेला परेको कोठामा एउटा सर्प पनि भेटिएको छ।
उनको हातमा सर्पले डसेकोजस्तो घाउ देखिने उनले बताए। सर्पदंशबाट उनको मृत्यु भएको प्रहरीको अनुमान छ।शव पोस्टमर्टमका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताएका छन्।
भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठाइएको छ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया