

डलर महँगिदा थपियो विदेशी ऋण भार



काठमाडौं
अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ–चैत)मा मात्रै नेपालले भुक्तानी गर्नुपर्ने ऋणको भार १९ अर्ब ३७ करोड रुपियाँले बढ्ने भएको हो । सो कार्यालयका अनुसार माघदेखि चैतसम्मको अवधिमा मात्र नेपालले एक अर्ब २२ करोड १८ लाख डलर बाह्य ऋण लिएको छ ।
कार्यालयका अनुसार पुस मसान्तमा नेपालले १२ अर्ब २१ करोड रुपियाँ बाह्य ऋण लिएकामा १९ अर्ब ३७ करोड रुपियाँको विनिमय घाटासमेत बेहोरेर ३१ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । त्यसमा नेपालले चार अर्ब १२ करोड रुपियाँ ऋण भुक्तानी गरेकाले समीक्षा अवधिको खुद ऋण २७ अर्ब ४६ करोड रुपियाँ पुगेको कार्यालयको तथ्याङ्कले देखाउँछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया