
करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको अर्थमन्त्री शर्माको दाबी

काठमाडौं
प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन् । विहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताएका हुन् ।
उनले राजश्वका दरहरु परिवर्तन गर्ने आवश्यक प्रक्रिया अनुसार सम्बन्धित विभागीय प्रमुखहरु र सचिवहरुसहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए । मन्त्री शर्माले राजश्वका दर परिर्वतन गर्ने प्रचलन अनुसार परिर्वतन गरेका दर रेटहरुप्रति आफू पूर्ण जिम्मेवार र जवाफदेही रहेको बताए ।
उनले देशको डलरको सञ्चिति, आयात, उत्पादन र औद्योगिक वातावरणलाई कसरी अगाडि बढाउने भन्ने विषयलाई समेत ध्यानमा राखेर करका दरहरु परिर्वत नगरेको दाबी गरे गरे । मन्त्री शर्माले करका दर परिर्वतन गर्दा कुनैपनि मान्छेभित्र नपसेको दाबी स्पष्ट पारे ।
उनले भने, ‘करका दरहरु परिर्वतन गर्ने सन्दर्भमा आवश्यक पक्रियाहरु छन् । परिर्वतन गर्दा सम्बन्धित विभागीय प्रमुख र सचिवहरुको कमिटीले बसेर करका दर परिर्वतन गर्ने प्रचलन रहेको छ । त्यो अनुसार भएको करका दरहरु प्रति म पूर्ण जिम्मेवारी छु । जवाफदेही छु । कतै राष्ट्रघात र गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवार लिन तयार छु । यहाँ कुनै राष्ट्रघात भएको छैन ।’
उनले फेरि भने, ‘देशको डलरको सञ्चिति, देशको आयात, उत्पादन र देशको औद्योगिक कुरालाई कसरी अगाडि बढाउने भन्ने कुरालाईसमेत ध्यान दिएर करका दरहरु परिर्वतन भएको कुरा म स्पष्ट पार्न चाहन्छु । सेनेटरी प्याडमा छुट दिएको सन्दर्भमा गत वर्ष कुनै दर बढाइएको थिएन । नबढाएको करको दरमा माइतीघर महिलाहरुको ठूलो रातो करमा माग गर भन्दै आन्दोलन भएको थियो । त्यो भएर कुनै व्यवसायीहरु आएर बोल्नुभएको थिएन । सबै वस्तुमा करका दर परर्वतन गर्दा विदेशी मुद्रा सञ्चितिलाई ध्यान दिएर परिर्वतन गरिएको हो ।’
उनले थपे, ‘यसरी करका दर परिर्वतन गरेकोमा म जिम्मेवार छु । सचिव र महानिर्देशकहरु बसेर गरेकाले त्यसमा कुनै अन्यथा भएको छैन । कुन मान्छे बाहिर गए, कुन मान्छे बाहिर गए भन्ने कुरा मलाई थाहा हुने कुरा होइन । मैले साढे ११ बजेपछि पौने १२ बजेपछि मन्त्री क्वाटरमा गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालयमा गएको जानकारी गराउँछु ।’
अर्थमन्त्री शर्माले कोरोना बीमा बापत पाउने रकम भुक्तानीको लागि बीमा कम्पनीहरुसँग छलफल भइरहेको बताए । मन्त्रीशर्माले बीमा कम्पनीहरुसँग भएको छलफल अनुसार छिटै रकम भुक्तानी दिने प्रक्रियाको तयारी गरिरहेको बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया