जिसस कपिलवस्तुको प्रमुखमा एमालेको नेतृत्व, बाबुराम आचार्य विजयी

कपिलवस्तु । जिल्ला समन्वय समिति (जिसस) कपिलवस्तुको आज भएको निर्वाचनमा प्रमुख पदका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट उम्मेद्धारको टुङ्गो लगाइएको छ ।
बराबर मत आएपछि भएको गोलाप्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य जिल्ला समन्वय समिति को प्रमूख पदमा निर्वाचित भएका छन् ।

यस्तै उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो । जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका कांग्रेस की सुनिता चमार, माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन् । यस्तै सदस्यमा गोलाप्रथाबाट एमाले की सकुन्तला भन्डारी ,सुमित्रा दमै र जसपा की सन्ध्या पौडेल खाँ निर्बाचित भएका छन् समान १० र १० मत आएपछि गोलाप्रथा गर्नुपरेको हो ।

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा माओवादी केन्द्र संग गठबन्धन गरेको थियो भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको थियो ।

प्रतिक्रिया

खबर सबै