
बाणगंगामा चन्द पोलिक्लिनिकले ल्यायो निःशुल्क शौचालय सेवा

राजेन्द्र खनाल, कपिलवस्तु । काठ्माणडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका रेष्टुरेन्न,बैंक तथा निजि संघ संस्थाका शौचालयलाई नागरिकको प्रयोगमा खुल्ला गर्ने अभियान सुरु गरेसँगै यसको प्रभाव अहिले कपिलवस्तुमा पनि सुरु भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित चार नम्बर जितपुरमा संचालनमा रहेको चन्द पोलिक्लिनिकले बाणगंगाबाट निःशुल्क शौचालय पोलिक्लिनिकमा सुरु गरेको हो । अस्पतालका प्रमुख डाक्टर दिपेन्द्र चन्दले आफुले नागरिकहरुको सोवाका लागि उपचार सेवा सँगै सामाजिक सेवाको भावनाले यो सेवा सुरु गरेको बताउनुभयो ।
लामो समय कपिलवस्तु सामुदायिक अस्पतालमा सेवा गर्नुभएका डा. चन्दले पछिल्लो एक वर्ष यता बाणगंगाको जितपुर स्थित तौलिहवा सडक खण्डमा आफ्नै निजि क्लिनिक संचालनमा ल्याउनुभएको छ । उहाँले सुरुवात आजै गरौँ र आफैबाट गरौँ, परिवर्तनका लागि हाम्रो सानो प्रयास भन्दै निःशुल्क शौचालय सुरु गरेको बताउनुभयो ।
अब बाणगगा क्षेत्रमा कुनै काम बिशेषले पुग्ने हरेक नागरिकहरुले चन्द पोलिक्लिनिकमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयाग गर्न सक्ने छन् । यो शौचालय प्रयोगमा कुनै शुल्क लाग्ने छैन ।
अस्पतालमा हाल तीनवटा शौचालय रहेकोमा नागरिकहरुले आफुलाई पायक पर्ने शौचालय प्रयाग गर्न सकिने गरी व्यवस्था मिलाइएको डा. चन्दले बताउनुभयो ।
बाणगंगा क्षेत्रमा पब्लिक ट्वाइलेट नभएका कारण नागरिकहरुले सास्ति खेपिरहेका बेला अस्पतालहरुले स्वास्थ्य उपचार सेवा सँगै सामाजिक काममा पनि पहल गर्न सक्छन भन्नका लागि आफुबाट यो सेवा सुचारु गरेको पनि उहाँले बताउनुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया