गर्मी बढेसँगै बाणगंगाका विद्यालय एक साता बन्द

कपिलवस्तु । केही साता यता बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएपछि कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका विद्यालयमा बिदा दिइएको छ । बाणगंगा नगरपालिका मातहतका विद्यालयमा जेठ २५ गते (आज) देखि ३१ गते सम्मका लागि विद्यालयमा बिदा दिइएको हो ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सीका अनुसार बढ्दो गर्मीका कारण विद्यालयमा दिनभर बालवालिकाहरु प्रभावित भएका कारण विद्यालय प्रधानाध्यापकहरुको मागको आधारमा एक हप्ताका लागि बिद गर्न भनिएको हो । यद्यपी बिदाको विषयमा नगरपालिकाबाट भने निर्णय नभएको जि.सीले बताउनुभयो ।
यता केही विद्यालयमा गर्मीका कारण बालवालिकाहरु समेत बिरामी पर्न लागेपछि विद्यालय प्रअहरुले नगरपालिकासँग बिद गर्न अनुरोध गरेका थिए । केही दिन अघि बसेको नगरपालिकाका प्रअहरुको बैठकमा नगर शिक्षा शाखालाई बिदाको निर्णय गर्न प्रअहरुले भनेका थिए । यद्यपी नगरपालिकका प्रमूख प्रशासकीय अधिकृतले बिदा गर्न नमानेका कारण विद्यालयहरुले अहिले स्वघोषित बिदा गरेको एक स्रोतले ईसाझाकुरासँग बताएको छ ।
विद्यालयहरु एकाएक बन्द भएपछि नगरपालिकासँग विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग बैठक बसेको छ । बिदा गर्ने विषय शिक्षकहरुको सँझा संस्था नेपाल शिक्षक संघले समेत बाणगंगामा गर्मी बिदा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

खबर सबै