
प्रदेश प्रमूख शेरचनले कपिलवस्तुबाट भने, “जनताको सेवा गर्नु जनप्रतिनिधिको दायित्व हो”

कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न आग्रह गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्नु पर्ने बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुमा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले स्थानीय सरकार, प्रदेश, सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्तित्वको भावनालाई अगाडि बढाएको बताए।
उनले संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नु सबै तहमा जनप्रतिनिधिहरूको दायित्व भएको बताए। उनले सङ्घ, प्रदेश, स्थानीय तहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि अनुरोध गरे ।
सोही अवसरमा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई समन्वय गरी लुम्बिनी प्रदेश बासी जनताको जीवनस्तरलाई परिवर्तन गर्नका लागि अनुरोध गरे ।
लुम्बिनी प्रदेश सरकार ’समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी’ बनाउनका लागि परेको बताए। जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीय तह नै भएकाले जनताको सुख, दुःखमा साथ दिनका लागि दिनु पर्ने बताए । उनले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा काम गनूँ पर्ने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले समाज उन्मुख अर्थव्यवस्था निर्माण गर्नका सबैले ध्यान दिँदै जनताको अर्थतन्त्र निर्माणका लागि सबै जनप्रतिनिधि एक हुनु पर्ने बताए।
अन्तरक्रियामा सङ्घीयता विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा सङ्घीयतालाई बलियो बनाउने तिर लाग्नुपर्ने बताए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया