

ओलीलाई मन्त्री बडुको प्रश्न : प्रतिपक्ष दलको नेताको गरिमा बच्यो कि सकियो ?’



काठमाडौं
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले पदीय गरिमा कायम नगरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री बडुले बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको प्रतिवाद गरेका थिए ।
‘प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाउनुभएको छ । यो आरोप खेदजनक छ । यसको हामीले विरोध गर्छौं । आपत्ति जनक छ । झुठा छ । आधारहिन छ ।’ बडुले संसदमा भने, ‘अभिव्यक्ति पूर्वाग्रही छ । प्रतिपक्ष दलको नेताको गरिमा बच्यो कि सकियो ?’
नेपाल आयल निगमलाई खारेज गरि निजीकरण गर्न लागिएको ओलीको बिहीबारको बोलीप्रति मन्त्री बडु रुष्ट देखिएका थिए । ‘आयल निगम खारेज गरेर कमिसन आधा खाइसक्यो’, मन्त्री बडुले ओलीलाई प्रश्न गरे, ‘आधा खान बाँकी छ भनेर कुन आधारले भनेको हो ? यसको जवाफ चाहिन्छ । म उहाँहरु (एमालेका सांसद)लाई चुनौती दिन चाहन्छु ।’
मन्त्री र मन्त्रालयतर्फ लगाइएको आरोपको खण्डन गर्दै बडुले एमाले अध्यक्ष ओलीको बोली निराधार र झुठा आरोप लगाएको बताए । आफ्नो बोलीलाई प्रमाणित गरेर देखाउन समेत उनले एमालेलाई चुनौती दिए ।
एमाले अध्यक्ष ओलीको बोलीको मन्त्री बडुले प्रतिवाद गरेपछि एमाले सांसदले संसद अवरुद्ध गरेका छन् । आफ्ना अध्यक्षको बोलीलाई ‘स्तरहीन’ भनिएको प्रति उनीहरुको आपत्ति छ ।
अध्यक्ष ओली लक्षित मन्त्रीको बोली रेकर्डबाट हटाउन एमाले सांसदहरुको माग छ । एमालेले अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सुरु हुन सकेको छैन ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया