

ओलीलाई झलनाथको जवाफ- मैले पनि ५५ रोपनी जग्गा राज्यलाई दिएर सीटीईभीटी डाँडा बनाएँ



काठमाडौं
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले आफ्नो सम्पत्ति राज्यलाई सुम्पिने व्यक्ति आफूमात्र रहेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।
संसदको रोष्टमबाटै ओलीलाई जवाफ दिँदै खनालले ओलीले भन्दा पहिले आफूले पुर्ख्यौली सम्पत्ति राज्यलाई दिएर इलाममा सीटीईभीटी भवन बनाएको बताए ।
खनालले भने, ‘प्रमुख प्रतिपक्षको नेताले व्यक्तिगत सम्पत्ति राज्यलाई दिने कोही छ ? भनेर च्यालेन्ज गर्नुभयो । सदनलाई जानकारी होस्, म उहाँभन्दा १५ वर्षअघि प्रधानमन्त्री भएकै बेला इलामको ५५ रोपनी मेरो जग्गा राज्यलाई दिएर सीटीइभीटी निर्माण गरेँ । इलाममा जग्गा खोज्दा कतै नमिलेपछि मैले आफ्नै जग्गा दिएको थिएँ । सभामुख र माननीय सांसदहरुलाई इलामको सीटीईभीटी डाँडामा गएर एकचोटी अवलोकन गर्न आग्रह गर्छु ।’
खनालले दुईजना पूर्वप्रधानमन्त्री नै सम्पत्ति राज्यलाई दिनेमा दरिएपछि अरु पनि निस्कने अपेक्षा व्यक्त गरे ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया