

पालिका चुनावबाट लुम्बिनी प्रदेशमा जसपाकाे स्थान खुम्चियाे



कपिलवस्तु । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाको लागि लुम्बिनी प्रदेशमा आफूले विगतमा जितेका सिटहरु गुमाएको छ । २०७४ सालमा १३ वटा सिट जितेको जसपाको सिट आधा घटेर ६ मा पुगेको छ ।
आफूले जितेका स्थानीय तह गुमाउँदा जसपाले नयाँ स्थानीय तहहरूमा भने आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुमा विगतमा जितेका मायादेवी गाउँपालिकामा पराजित भए पनि कपिलवस्तु नगरपालिको मेयर र उपमेयर दुवै जित्न सफल भएको छ । यस्तै पार्टीले बाँके जिल्लाको नेपालगन्जमा उपमेयर जितेर उत्साह थपेको छ । पार्टीले बाँकेकै नरेनापुरामा अध्यक्ष र उपाध्यक्ष दुवै जित्न सफल भएको छ । जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रुपन्देहीमा गुमाएको पनि बाँके र कपिलवस्तुमा फाइदा भएको दाबी गरे ।
पार्टी रुपन्देहीमा ४ वटा स्थानीय तहमध्ये अहिले एउटा अध्यक्षमा खुम्चिएको । गत स्थानीय निर्वाचनमा जसपाले रुपन्देहीमा रोहिणी, गैडहवा, कोटहीमाई, मर्चवारी गाउँपालिकामा जित हासिल गरेको थियो । यसपटक पार्टी रोहणीको अध्यक्ष मात्र जितको छ ।
प्रदेश अध्यक्ष यादवले लुम्बिनी प्रदेशका कम सिट आएको विषयमा गम्भीर छलफल पार्टी भित्र हुने बताए । उनले रातोपाटीसँग भने, ‘रुपन्देहीमा जितिन्छ भनेर गठबन्धन गरिएन तर परिमाण अर्कै आयो ।’ उनले रुपन्देहीका गुमाए पनि अन्य ठाउँमा मेयर र उपमेयर पाएकाले आत्तिन पर्ने अवस्था नभएको बताए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया