अवैध लागू औषधसहित दुई युवक पक्राउ

बाँके। अवैध लागू औषधसहित दुई युवक पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित सडकबाट जानकी गाउँपालिका–६ बस्ने २१ वर्षीय चेत राम सोनी शनिबार दिउँसो पक्राउ परेका छन्। उनको साथबाट करिब १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरी चौकी गनापुरले जनाएको छ।

यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिका–५ घिउखानीस्थित सडकबाट सोही ठाउँ बस्ने २२ वर्षीय विजय थिङलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै