

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित



पत्रपत्रिकाबाट । गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरासँग चुनाव लडेर पराजित भएका हुन्।
०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका थिए। गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसले जितेको थियो। ०७९ साल वैशाख ३० गते सम्पन्न निर्वाचनमा अशोक थापाका छोरा सरोजकुमार थापासंग पनि कृष्ण भुसाल पराजित भएका छन्। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया