कृष्णनगरको मेयरमा रजतप्रताप शाह बिजयी, उप मेयर पनि कांग्रेसले जित्यो

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा रजत प्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।

शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याए । नेकपा माओवादी केन्द्रका जाबेद आलम खाँले ३ हजार ९ सय ८७ मत प्राप्त गरे । शाहले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा नगर प्रमुख जितेका थिए ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टी ९जसपा० की आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् । माओवादीकी पुष्पा तिवारीले २ हजार ८ सय ९ मत प्राप्त गरिन् ।

१२ वटा वडा रहेको कृष्णनगरमा कांग्रेस र एमालेले ३र३, जसपा र माओवादीले २र२, राप्रपा र बहुजन शक्ति पार्टीले समान १र१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै