

प्युठानमा हार पछि पनि जितेका उम्मेदवारको र्यालीमा हिडे पराजित उम्मेदवार


प्यूठान– यहाँको झिमरुक गाउँपालिका–१ को अन्तिम मत परिणाम आयो । विजयी भए नेकपा एमालेका धु्रवराज खनाल । पराजित भए अर्का उम्मेदवार रामबहादर जिसी । उनी राष्ट्रिय जनमोर्चाका हुन् ।
खनाल चुनावी परिणाम आफ्नो पक्षमा आएपछि विजयोत्सव बनाउँदै गाउँ निस्के । उनी प्रतिष्पर्धीको घर छेउमा पनि पुगे । त्यही थिए उनीसँगै पराजित उम्मेदवार जिसी।
जिसीले सौहार्दता देखाए । उनले विजय मनाइरहेका विजयी उम्मेदवार खनाललाई अबिर र माला लगाइदिए । बधाई दिए । यति मात्रै हैन उनी सँगै विजयी ¥यालीमा पनि निस्के । ‘चुनावी स्पर्धामा हार र जित सामान्य प्रक्रिया हो,’ उनले भनेका छन्, ‘अब गाउँको विकासका लागि हातेमालो गर्छु ।’
मतगणना अनुसार एमालेका खनालले १ हजार ९ सय जिसीले ६ सय १९ मत ल्याए । जिसी गाउँकै अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक र खनाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया