

रोल्पाको थवाङ गाउँपालिकामा माओवादीको जित

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले हराउँदै बुढामगर निर्वाचित भएका हुन् । बुढामगरले २१२२ मत पाए भने रोकामगरले १५०५ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याएर विजयी भइन् । कांग्रेस–एमाले र स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका छन् । थवाङमा कांग्रेस, एमाले र स्वतन्त्रको गठबन्धन भएको थियो ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया