

विप्लवबाट छुट्टिएका धर्मेन्द्र बास्तोला दाङबाट पक्राउ

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।
स्थानीय निर्वाचनको ठिकअघि उनलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया