

कपिलवस्तुमा मतदातालाई बाँड्न लगेको रक्सी बरामद

कपिलवस्तु ,
मतदातालाई बाँड्न लैजाँदै गरेको रक्सी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । बुधवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सानो वर्गदहवामा स्टार ब्रान्डको रक्सी बाँड्दै गर्दा पक्राउ परेका हुन ।
लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखे पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिस सहित नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सी सहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डि एस पि जेसी शाहले बताए ।
सो रक्सी नेपाली काँग्रेसले मतदातालाई बाँड्न लागेको स्रोतले दाबी गरेको छ । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ मा उम्मेदवार प्रकाश गैरे माथि रक्सी बाँड्न लगेको आरोप लागेको छ ।
कपिलवस्तु नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई बाँड्दै गरेको रक्सीको कार्टुन (तस्बिर रेडियो कपिलवस्तु )


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया