

तालिबान सरकारद्वारा सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन आदेश



एजेन्सी
अफगानिस्तानका तालिबान प्रमुखले देशका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन आदेश दिएका छन् । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक स्थानमा देखा पर्न नसक्ने आदेश दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
यो आदेश गएको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयताकै सबैभन्दा कठोर नियन्त्रण भएको खबरमा उल्लेख छ । तालिबानले बुर्काको अनिवार्यतालाई सम्मानजनक परम्परा भएको जिकिर गरेको छ । महिलाहरुले पुरुषको नजरबाट बच्न र पुरुषलाई उत्तेजित हुनबाट रोक्न पनि बुर्का लगाउनुपर्ने शरिया कानुनको निर्देशन रहेको तालिबानको आदेशमा उल्लेख छ । यस्तै कुनै महत्वपूर्ण काम नभएमा महिला घरभित्रै बस्दा राम्रो हुने तालिबानको सुझाव छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया