पालिका चुनाव : बाणगंगामा हारको बदलता लिने एमालेको दाउ, विरासत जोगाउन कांग्रेसको कसरत

राजेन्द्र खनाल, जितपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिए सगैँ कपिलवस्तुको राजनितिक माहोल बैशाखको गर्मी जस्तै तातो भएको छ । दलगत चुनावी मैदानमा उत्रीएका उम्मेद्धार देखि समर्थकहरु दलीय चुनावी प्रचार प्रसार र मतभार आफ्नो पक्षमा पार्ने ध्यानमा केन्द्रित छन् ।

टोल टोलमा पार्टी कार्यालयहरु बनाइएको छ भने केन्द्रका नेताहरु पनि यतिबेला टोलमै भेटिन्छन् । जनताका बिचमा भोट अपिलका लागि नेता तथा उम्मेद्धारहरु दैनिक जसो पुगिरहेका छन् ।

राजनितिको केन्द्र मानिने कपिलवस्तुको बाणगंगामा चुनावी माहोल यस पटक प्रतिश्प्रधात्मक हुने देखिएको छ । जिल्लामै सबैभन्दा बढी मतदाता रहेको बाणगंगामा कुल ६१ हजार १ सय ७७ मतदाता छन् । यहाँ ३० मतदानस्थल र ७३ मतदान केन्द्र कायम गरिएको छ । कपिलवस्तु जिल्लामा भने कुल ३ लाख ७३ हजार एक सय मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ । दलहरुले आ आफ्ना मतदाताको तथ्याङ्क संकलन गरी आफ्ना पक्षमा आउने मतभारको आँकलन गरी यतिबेला चुनावी प्रचार प्रसारमा लागेका छन् । तर बाणगंगाको चुनाव मुख्य राजनितिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले दुबै दलका लागि प्रतिष्ठाको लडाइ जस्तै बनेको छ ।

बिरासत जोगउन हम्मेहम्मे

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र सँग गठबन्धन गरेको नेपाली कांग्रेसले कपिलवस्तुको बाणगंगामा मेयर पदमा जित हासिल गरेको थियो । तर यस पटक एक्लै चुनावमा होमिएको कांग्रेस बाणगंगाका लागि यो निर्वाचन बिरासत जोगउन हम्मेहम्मे स्थिति बनेको छ ।

गत निर्वाचनमा कांग्रेस—माओवादी गठबन्धनबाट बाणगंगामा कुल मतको जम्मा १५ हजार ७ सय ३८ मत ल्याएर मेयर पदमा जित हात पारेको कांग्रेस यस पटक एक्लै निर्वाचनमा जाँदा सो मत ल्याउन मुस्किल आँकलन गरिएको छ । मेयर पदमा उप विजेता बनेको नेकपा एमालेले बाणगंगामा एक्लै १५ हजार २ सय ७८ मत ल्याएको थियो । दुई दलको मतान्तर जम्मा ४ सय ६० थियो । यस पटक एक्लै चुनाव जित्ने अहमताका साथ पाँच दलीय गठबन्धनको मुख्य दल भएर पनि बाहिरीएको कांग्रेसलाई यस पटकको निर्वाचन बाणगंगामा संघर्षपूर्ण मैदान बनेको जानकारहरु बताउँछन् । कांग्रेसले यस पटक रबिराज आचार्यलाई मेयर र तारावती चौधरीलाई उप मेयर पदमा उम्मेद्धार बनाएको छ ।

हारको बदलता लिने दाउमा एमाले

नेपाल कम्युनिष्ट पार्टी एमाले बाणगंगा नगर कमिटि यतिबेला २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा बेहोरेको हारको बदला नेपाली काग्रेससँग लिने दाउमा उभिएको छ । मेयर पदमा पराजय भोगेको एमालेबाट उपमेयरमा भने चक्रपाणी अर्याल बिजयी बनेका थिए । अहिले उनै अर्याल बाणगंगाको मयरका उम्मेद्धार बनेका छन् ।

कुनैपनि दलसँग चुनावी तालमेल समेत नगरको एमाले कपिलवस्तुको बाणगंगामा एक्लै चुनावी मैदानमा छ । यो दलले बाणगंगामा यस पटक उप प्रमूख समेत बनिसकेका एमाले नेता चक्रपाणी अर्याललाई मेयरको टिकट दिएर चुनावी मैदानमा छ भने रिता चौधरीलाई उप मेयरमा उठाएको छ ।

केही महिना अघिको पार्टी विभाजन र निर्वाचनमा टिकट वितरणमा देखिएको आन्तरिक द्धोन्द्धका कारण छरपस्ट भएको आन्तरिक कलहका कारण एमालेका लोगि यो निर्वाचन पेचिलो बनेको छ । पार्टीभित्रका प्रभावशाली नेताहरुले टिकट वितरणमा असन्तुष्टि व्यक्त गर्दै बाणगंगाका विभन्नि वडामा स्वतन्त्र उम्मेद्धारी दिएका छन भने ति वडाको एमालेको जनमत पनि नगरका लागी खोसिने स्थिति बनेको छ । जसका कारण गत निर्वाचनमा हारको बदला लिने र यसपटक मेयर पदमा आफ्नो कब्जा जमाउने दाउमा रहेको एमालेका लागि संघर्षपुर्ण मैदान बनेको छ ।

मत तान्ने ध्याउन्नमा चार दलीय गठबन्धन

नेपाली कांग्रेस सँग चुनावी तालमेलमा सहमति नजुटेपछि अलग्गै समुह बनाएर चुनावी मैदानमा होमिएको चार दलीय गठबन्ध बाणंगामा आफ्नो मत संरक्षण गर्ने र दुई राजनितिक दलहरु कांग्रेस र एमालेका मत आफ्नो पक्षमा तान्ने ध्याउन्नमा छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा बिच बनेको चार दलीय गठबन्धनले बाणंगाका एघारवटै वडामा आफ्ना उम्म्ेद्धार उठाएको छ भने बाणगंगाको मेयर र उपमेयरमा पनि उम्मेद्धार खडा गरेको छ । कतिपय वडामा कांग्रेस एमालेबाट असन्तुष्ट बनेका र स्वतन्त्र भनिएका नेताहरुलाई साझा उम्मेद्धार बनाएको यो गठबन्धनले एमाले र कांग्रेसका आधिकारीक उम्मेद्धारहरुलाई पराजित गराउने र आफु हावि हुने चुनावी रणनिति बुझिएको छ । तर जनमत संकलनमा आफ्नै पार्टी कार्यक्रताहरु संख्यात्मक हिसाबले कमजारे रहेको गठबन्धन दलहरुमा चुनावमा आफ्नो मत संरक्षण गर्ने तयारी मात्रै देखिएको छ ।

विगतको तथ्यांकलाई आधार मान्ने हो भने नेकपा एमाले र जनमोर्चा मिलेको खण्डमा मेयर हात पार्ने थियो । यसपाली नेपाली कांग्रेसले गठबन्धन जोगाउन नसकेका कारण कांग्रेसको कमजोर स्थितिको आँकलन गरिएको छ ।

यता हाल जिल्लामा थप भएका ६१ हजार ३ सय ४० नयाँ मतदाताहरुको मत परिणाम कसको पक्षमा कति रहने भन्ने निश्चित छैन । एमालेका लागि सवल पक्षका रुपमा भने गत निर्वाचनमा माओवादी तर्फ रहेका केही प्रभावशाली कार्यक्रर्ताहरु पार्टी एकिकरण भई नेकपा बनेपछि र त्यसपछिको एकता खारेजपछि एमालेमै रहेका कारण केही आधार बन्न सक्ने त देखिएको छ तर आफ्नै पार्टी पार्टी फुटेर नेकपा एकिकृत समाजवादी बन्दा भने सापोनापो बरोबर भने जस्तै छ । यता बाणगंगामा चार दलीय गठबन्धन एउटै समुहमा गोलबन्ध भएका बेला कांग्रेस र एमालेका लागि यी चार दलको मतभार पनि भारि पर्न सक्ने देखिएको छ ।

यस्तै कपिलवस्तुको बाणगंगामा विकसित राजनीतिक चेतना स्तर र जीवन शैलीलाई आधार मान्दा सबै कुराको निर्कियोल दलीय हिसाबले मात्रै गर्न मिल्दैन । उम्मेद्वारहरुको व्यक्तिगत सम्बन्ध र जनस्तरसम्मको सम्पर्कको आधारले पनि निर्वाचन परिणामलाई असर गर्ने निश्चित छ । समाचार लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया

खबर सबै