

‘तेरो दाइ मेदी’ भन्दै टिकटकमा भाइरल वाणगंगाका युवक पक्राउ, होइन रहेछन् म्यादी प्रहरी,



ईसाझाकुरा संवाददाता
एक जना युवक म्यादी प्रहरीको बर्दी लगाएर खुबै भाइरल थिए । मादक पदार्थ पिएर लठ्ठिएका उनी आफू म्यादी प्रहरी भएको बताउँदै सामाजिक सञ्चाल टिकटक र फेसबुकमा छाएका थिए । ‘तेरो दाइ मेदी’ भन्दै केही दिनदेखि फेसबुक सामाजिक सञ्जालमा भाइरल ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् प्रहरीका अनुसार म्यादीको पोशाक लगाएर भिडियो बनाएर भाइरल हुने यी युवक म्यादी प्रहरी भने होइनन् ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको छ । उनले आफ्ना फुपुका छोराको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ ।
उनले फुपुको छोरा घरमा नभएको बेला पोशाक लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे युवकका फुपुका छोरासँग पनि सोधपुछ गरेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया