अर्घाखाँचीमा निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थामा कडाई

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

निर्वाचनका बेला आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि बजारसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।

प्रतिक्रिया

खबर सबै