

बाणगंगा ५ मा चार दलीय गठबन्धनका चुनावी गतिविधि तिव्र



कपिलवस्तु । आसन्न बैशाख ३० गते हुने निर्वाचनको लागि कपिलवस्तुको वाणगंगा नगरपालिकामा चुनावी अभियान तिव्र पारिएको छ । वाणगंगा नगरपालिकामा ४ दलिय गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र जसपाले नगरपालिकामा चुनावी अभियानलाई तिव्र पारेको हो ।
यसैक्रममा वडा नम्बर ६ का उम्मेदवार पनि घोषणापत्र सहित जनताको घरदैलोमा पुगेका छन् । वडा नम्बर ६ मा आजै निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यक्रममा वाणगंगा नगरप्रमुखका उम्मेद्वार देवराज अर्याल, उपमेयरका उम्मेद्वार कमल भट्राईले बोल्दै वाणगंगामा ४ दलिय गठबन्धनका उम्मेदवार घरदैलोमा आएकोले गठबन्धनका उम्मेदवारलाई अत्याधिक महत सहित विजयी बनाउनुपर्ने बताउनुभयो । नगरपालिकामा शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्दै सुसाशन कायम गर्न गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
वडा नम्बर ६ मा ४ दलियगठबन्धन अन्तरगत राष्ट्रिय जनमोर्चाबाट राम प्रसाद बेल्वासे वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । यसैगरी वडा सदस्यमा सुभावती थारु, बिनोद परियार प्रतिस्प्रर्धामा हुनुहुन्छ भने महिला वडा सदस्यमा रिता पाण्डे र दलित महिला वडा सदस्यमा दुर्गा सुनार प्रतिस्प्रर्धामा हुनुहुन्छ ।
कार्यक्रममा स्वागत मन्तब्य माओवादी केन्द्रका कुलराज पौडेलले राख्नुभएको थियो भने संचालन रिसर्व आचार्यले गर्नुभएको हो


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया