वडा अध्यक्ष भएपछि सरकारी तलब भत्ता लिदैन : कुमार खड्का

कपिलवस्तु । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार कुमार खडकाले आफु वडाध्यक्ष भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन । वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले  कुमार खडकाले यस्तो घोषणा गरेका हुन ।

उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन । साथै उनले वडाभित्रका बिपन्न परिवारलाई उच्च शिक्षा दिन वडाबाट बजेट नमिले आफुले पाउने सेवा सुविधाबाट भएपनि ति परिवारका बिपन्न परिवारलाई उच्च शिक्षा दिने घोषणा गरेका छन ।

कांग्रेसले बाणगंगा ७ मा वडाध्यक्षमा कुमार खडका, सदस्यहरुमा कृष्णा कृष्णा ज्ञवाली, सुशीला नेपाली, छेदा थारु र दल बहादुर गुरुङलाई सदस्य पदमा उठाएको छ ।

प्रतिक्रिया

खबर सबै