

बाणगंगामा ४ दलीय गठबन्धनले १७ गते घोषणापत्र सार्वजनिक गर्ने



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ४ दलीय गठबन्धनले बैशाख १७ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । गठबन्धन अन्तरगत रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकृकीत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको बिहिबार बसेको बैठकले बैशाख १७ गते विहान साढे ८ बजे घोषणापत्र सार्वजनिक गर्ने र जितपुरमा कोणसभा गर्ने जनाएको हो ।
यसका साथै निर्वाचनको प्रचारप्रसारलाई तिव्र बनाउन विभिन्न समिती गठन गरिएको छ । जसअनुसार टेकेन्द्र कुमार क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन समन्वय समिती गठन गरिएको छ । जसको सदस्यमा दिपक अनुरागी र जेपी खनाल रहनुभएको छ ।
यस्तै नारायण खनालको संगोजकत्वमा घोषणा पत्र निर्माण र छपाई समिती गठन गरिएको छ । जसको सदस्यमा शशी सापकोटा र दिपक अनुरागी रहनुभएको छ । साथै डिलाराम भुसालको संयोजकत्वमा मिडिया परिचालन समिती गठन गरिएको छ । समितीको सदस्यहरुमा मोहन बेल्वासे, हरि घिमिरे, दिपा महत, र भगवती न्यौपाने रहनुभएको छ ।
यसैगरी नारायण भुसालको संयोजकत्वमा मतदाता शिक्षा तथा अनुगमन समिती गठन गरिएको छ भने नारायण अर्यालको संयोजकत्मा आर्थिक परिचालन समन्वय समिती र रामप्रसाद गैरेको संयोजकत्वमा कार्यालय ब्यवस्थापन तथा अनुगमन समिती गठन गरिएको छ ।
यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकामा ४ दलीय गठबन्धन भएको हो । गठबन्धनले नगर प्रमुखमा माओवादीका देवराज अर्याल र उपप्रमुखमा नेकपा एसका कमल भट्राईलाई उम्मेदवार बनाएको छ । यसैगरी ११ वटै वडामा सबै ४ वटै दलबाट प्रतिनिधीत्वहुने गरी उम्मेदवार रहेका छन् । वाणगंगाका सबै वडाहरुमा प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ भने संयुक्त घरदैलो अभियान पनि जारी राखिएको जनाइएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया