

रोल्पामा विप्लवका उम्मेदवारलाई काँग्रेस एमालेको समर्थन

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका नेताले एमाले र काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । विप्लव समूहका नेता पुस्तमन घर्तीमगरलाई एमाले काँग्रेसबाट संयुक्त उम्मेदवार बनाएका हुन् । नेकपा माओवादी केन्द्रको पकड मानिने सुनछहरीमा उनीहरुलाई कमजोर बनाउन एमाले, काँग्रेस र विप्लव समूह मिलेर अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
एमाले र काँग्रेस मात्रै मिलेर गाउँपालिकामा जित्न नसक्ने भएपछि नेकपालाई अध्यक्ष दिएर गठबन्धन गरेका हुन् । उपाध्यक्षमा भने काँग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दर्ता गराएका छन् । एमाले काँग्रेसले पालिकामा ३÷३ वडा अध्यक्ष भाग लगाएका छन् ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया