

छन्द दिवसमा नवसर्जक साहित्य चौतारीको प्रदेश कार्यालय कपिलवस्तुमा उद्घाटन



राधा पाण्डे,कपिलवस्तु । नवसर्जक साहित्य चौतारी नेपाल लुम्बिनी प्रदेश समितीको कार्यालय कपिलवस्तुमा उद्घाटन गरिएको छ । छन्द दिवसको अवसर पारी आज एक कार्यक्रमका बीच जिल्लाको बाणगङगा ८ चप्परगाउँमा कार्यालय उद्घाटन गरिएको हो । केन्द्रीय कार्यालय हेटौंडामा रहेको यस नवसर्जक साहित्य चौतारी नेपालको लुम्बिनी प्रदेश कार्यालय कपिलवस्तुमा प्रहिलो प्रादेशिक कार्यालयका रुपमा उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलकबहादुर पछाइले नेपाली साहित्य, भाषा, कलाको जगेर्ना गर्नको लागि नव सर्जक साहित्य चौतारी नेपालको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नव प्रतिभाहरुको प्रतिभालाई प्रस्फुटन गराइ साहित्यको विकासमा जोड दिन यो संस्था अग्रसर भएकोमा थप प्रगतिको कामना गर्नुभयो ।
यस्तै वरिष्ठ साहित्यकार मोहन ज्ञवालिले यस संस्थाले नव सर्जकहरुको सिर्जनालाई जोड दिदै नेपाली साहित्यको विकासमा रहेर काम गर्न थालेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यकार इन्द्रबहादुर कोइराला, दुर्गा पौडेल, प्रकाश भुसाल, देवका भण्डारी लगायतले सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यस संस्थाले हरेक शुक्रवार र रबिवार बेलुका नवसर्जक पाठशाला नामक साहित्यिक प्रशिक्षण कार्यक्रम गर्दै आएको नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार ऋषिकेशव भारद्वाजले जानकारी दिनुभयो । उहाँले नवसर्जकहरुलाइ कार्यक्रममा जोडिन समेत आग्रह गर्नुभयो ।
यस संस्थाको संरक्षकत्व देशका वरिष्ठ साहित्यकारबाट भैसकेता पनि लुम्बिनी प्रदेस समितिको संरक्षकत्वमा बाल स्रस्टाको खोज अनुसन्धान गरिरहनुभएका प्रा। डा। शालिकराम पौड्यालले गर्नुभएको समेत उहाँले जानकारी दिनुभयो ।
यस साहित्यिक संस्थाले ७ वटै प्रदेशमा प्रादेशिक समिती विस्तार गर्दै तेस्रो चरणको प्रशिक्षण अभियान संचालन गर्ने तयारी समेत गरेको छ ।
नव सर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक जोशिका कडेलञ निशा झ अध्यक्षता रहेको कार्यक्रम चौतारीका सल्लाहकार ऋषिकेशव भारद्वाजको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया